सुनको भाउ चार दिनको अवधिमा चार हजार रुपैयाँले बढेको छ । सोमबार एक हजार रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एक हजार एक सय रुपैयाँले बढेको थियो ।
यस्तै, बुधबार प्रतितोला ९०० रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९५० रुपैयाँ रहेको चाँदी आज पनि सोही भाउ कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६५८.६२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.१७ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया