नेपाल धितोपत्र बोर्डमा साधारण सेयर निष्कासनका लागि आवेदन दिने कम्पनीको संख्या ७७ पुगेको छ । ति कम्पनिले सर्वसाधारणबाट करिब ४४ अर्ब रकम संकलन गर्न बोर्डको अन्तिम स्वकृती पर्खेका हुन ।
बोर्डमा आवेदन दिएका उक्त कम्पनीहरूको आवेदन उपर बार्डले अध्ययन गरिरहेको छ । केहि कम्पनीलाई अपुग कागजात माग गरेको छ भने केहिलाई विवरण सच्चाउन सुझाब दिएको छ । पछिल्लो समयमा साधारण सेयर निष्कासन विगतको तुलनामा सुस्त छ । त्यसका कारण हो नेतृत्व बहिन बोर्ड । बोर्ड नेतृत्व बिहिन हुँदा धितोपत्रको प्रथामिक बजार चलायमान हुन नसकेका कारण निष्कासनको पाइपलाइनमा धेरै कम्पनीहरु थपिएका हुन् ।
नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा ९ महिनामै ४२ कम्पनी थपिएका छन् । फागुन २० यता ४२ कम्पनी थप भएको बोर्डले जनाएको छ ।
यो सहित अब आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ७७ पुगेको हो ।
नयाँ कम्पनीहरू थपिएसँगै आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका ७७ कम्पनीहरूको ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार ३१५ रुपैयाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता आईपीओ पाइपलाइनमा रहेका छन् ।
पाइपलाइनमा सबैभन्दा धेरै हाइड्रोपावर सेक्टरका कम्पनी छन् । हाइड्रोपावर सेक्टरका ३७ कम्पनीले आईपीओ निष्कासनका लागि स्वीकृति मागेका छन् । सो क्षेत्रमा १५ अर्ब रुपैयाँ बराबरका १५ करोड कित्ता शेयर बिक्रीको अनुमतिसहित आवेदन परेको छ ।
यस्तै, हाइड्रोपावर पछि सबैभन्दा धेरै पाइपलाइनमा उत्पादन तथा प्रशोधन सेक्टरका १३ कम्पनी छन् । उक्त क्षेत्रमा १९ अर्ब २२ करोड रुपैयाँ बराबरका ७ करोड ९७ लाख कित्ता शेयर बिक्रीका लागि आवेदन परेको छ ।
त्यस्तै होटल तथा पर्यटन सेक्टरका ५ कम्पनीको २ अर्ब ९८ करोड रुपैयाँ बराबरका २ करोड ७८ लाख कित्ता शेयर बिक्रीका लागि आवेदन परेको छ भने माइक्रोइन्स्योरेन्स सेक्टरका ४ कम्पनीको ९० करोड रुपैयाँ बराबर ९० लाख कित्ताको लागि आवेदन परेको छ । लगानी सेक्टरका २ कम्पनीको सेयर पाइपलाइनमा छन् । जसले ४० करोड ७३ लाख रुपैयाँ बराबरको ४० लाख ७३ हजार कित्ता सेयर बिक्रीका आवेदन परेको हो ।
माइक्रोफाइनान्स १ कम्पनीको सेयर पाइपलाइनमा छन् । जसले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता सेयर बिक्रीका आवेदन परेको हो । अन्य सेक्टरका १५ कम्पनी ६ अर्ब ३७ करोड रुपैयाँ बराबरका ४ करोड ४३ लाख कित्ता शेयर रहेका छन् ।
आइपीओ निष्काशनको लागि पाइपलाइनमा रहेका कम्पनीमध्ये अधिकांशले अंकित मूल्य १ सयमै आईपीओ निष्कासनको प्रस्ताव गरेका छन् । तर केहीले ५० र केहीले अंकित मूल्य १०० मा थप प्रिमियममा सेयर निष्कासनका लागि प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया