नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ ।

संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौमा आवेदन दिन सक्ने छन् । सेयरधनीबाट ३५ दिनभित्र आवेदन नपरेमा भने उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई सो शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार  ०८ : ४२ बजे