नेपाल एसबिआई बैंकको लाभांश घोषणा


नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस शेयर  र  ६.८५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश गरी १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाल पारित गरेपश्चात सो लाभांश वितरण हुने छ।

प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार  १० : ३९ बजे