श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको १.८६५९ प्रतिशत बोनस शेयर र ०.०९८२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी कूलय १.९६४१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुने छ।
प्रतिक्रिया