नेपाल स्टक ब्रोकर एसोसिएसनको नयाँ नेतृत्वका लागि सागर ढकाल र राजकुमार तिमिल्सिनाले आफ्नो दावी अघि सारेका छन् । बिहीबार हुने एसोसिएसनको अधिवेशन मार्फत नयाँ कार्यसमिति पनि चयन हुने भएकाले उनीहरूले अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गरेको हुन् ।
एसोसिएसनको नयाँ कार्यसमिति चयन निर्वाचन भन्दा पनि सर्वसम्मतीले गर्नु पर्ने अधिकांश ब्रोकरले जोडबल गर्दै आएका छन् । त्यसका लागि पूर्वअध्यक्षहरू बारम्बार दाबेदारी प्रस्तुत गरेका व्यक्तिसँग छलफल पनि गरिरहेको ब्रोकरहरू बताउँछन । बुधबार पनि सर्वसम्मतीले नेतृत्व चयन गर्ने भन्दे छलफल भएको भएपनि कुनै निष्कर्ष आइनसकेको एक ब्रोकरको भनाइ छ ।
तर, सर्वसम्मतीका लागि छलफल तथा बैठकहरू जारी भएपनि अध्यक्षमा दावी गरेका ढकाल तथा तिमिल्सिना दुबै आफ्नो एजेन्डा समेत सार्वजनिक गरिसकेका छन् । ढकालले बुधबार आफ्नो पक्षको घोषणापत्र औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरेका छन भने तिमिल्सिनाले केही अघि नै आफ्ना एजेण्डाहरू सदस्य साथीहरूलाई उपलब्ध गराइसकेका छन् ।
अध्यक्षमा दावी दिएका तिमिल्सिना पुराना ब्रोकर मध्येका नयाँ हुन भने ढकाले नयाँ ब्रोकर सङ्गठनका नेतृत्वमा थिए । केही दिन अघि मात्र नयाँ र पुराना ब्रोकरहरू एक भएपछि बिहीबार हुने अधिवेशन नयाँ नेतृत्वको चयन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नयाँका तर्फबाट ढकालले आफ्नो दावी प्रस्तुत गरेका हुन । अधिकांश पुराना ब्रोकरको समर्थन रहेका तिमिल्सिना भिजन सेक्यूरीटजिका अध्यक्ष हुन भने ढकाल हिमालयन ब्रोकरेज कम्पनीका अध्यक्ष हुन ।
अहिले देखिएका २ दाबेदार बीच सहमति भएर सर्वसम्मतीले नेतृत्व चयन हुने पर्ने एक ब्रोकरले बताए । “दुई पक्षबाट अघि सारिएका व्यक्तिहरू बीच सर्वसम्मती हुन नसकेकोको खण्डमा निर्वाचनको प्रक्रियामा जानु पर्ने हुन्छ,” ती ब्रोकरले भने, “सहमतिमा चयन हुने नेतृत्वका लागि ती दुई व्यक्तिलाई अघि सारिएको हो, चुनाव नै हुने भएपछि अन्य आकाङ्क्षी पनि उम्मेदवारी दिन आउने अवस्था रहन सक्छ ।” सहमति नभएको खण्डमा उम्मेदवारी दिने आकाङ्क्षी सदस्यहरूले पनि आफ्नो तर्फबाट तयारी गरिरहेको उनको भनाइ छ ।
तिमिल्सिनाले अध्यक्ष बाहेकका अन्य पदाधिकारीको सूची बाहिर नल्याएको भएपनि ढकालले भने आफ्नो पक्षका उपाध्यक्ष र महासचिव तय गरिसकेका छन । ढकालको प्यानलबाट उपाध्यक्षमा नितिश कुमार अग्रवाल र महासचिवमा भक्तिराम घिमिरेले रहेका छन् । सर्वसम्मती हुन नसकेको खण्डमा दुई भन्दा बढी अध्यक्षका उम्मेदवार प्यानलसहित चुनावी मैदानमा आउने निश्चित रहेको ती ब्रोकरको भनाइ छ ।
हालसम्म दावी गरेका दुबै अध्यक्षका आकाङ्क्षीले दिएका एजेण्डा भने उस्तै उस्तै छन् । दुवैले मार्जिन ट्रेडिङ, ब्रोकरले आफ्नै कम्पनीबाट स्वघोषण गरेर कारोबार गर्न पाउनु पर्ने, ब्रोकरको कार्यक्षेत्र विस्तार, सर्ट सेल, अक्सन मार्केट लगायतका मुद्दालाई जोड दिएका छन् । त्यसैगरी तिमिल्सिनाले मर्जरका कारण छुट भएको पुँजीगत लाभ कर सम्बनधीको विवादलाई टुङग्याउन पहल गर्ने बताएका छन भने ढकाले धितोपत्र ब्रोकरको कारोबार लिमिट ५० गुण बनाउन पहल गर्ने दावी गरेका छन । बिहीबार हुने अधिवेशनमा पुराना र नयाँ गरेर कुल ९२ धितोपत्र दलाल कम्पनी सहभागी हुनेछन ।
तिमिल्सीनाका चुनावी एजेण्डा
कार्यक्षेत्र विस्तार , प्रोडक विस्तार करोबार योग्य इन्स्ट्रुमेन्टहरुको विकास, सेक्युरिटिज लेन्डिङ बरोइङ, इन्द्रा डे कारोबार सहितको सर्ट सेल गर्न पाउने व्यवस्था आदिको व्यवस्था गर्ने ।
मर्जर तथा एक्वीजिसनलाई सहज बनाउन विनियमवली या कार्यविधि बनाई लागु गर्न नियामक निकायलाई अनुरोध गर्ने ।
धितोपत्र व्यवसाय सञ्चालानार्थ हाल कायम रहेको पुँजीको व्यवस्थालाई व्यवसायको विकास र विस्तार अनुसार पुँजीको औचित्वको बारेमा गहन विचार विमर्श गरिनेछ ।
धितोपत्र दलाल व्यवसायीका सञ्चालकहरुलाई स्वघोषणा गरि आफ्नै संस्थाबाट शेयर खरिद विक्रि गर्न पाउने व्यवस्थाको लागि पहल गर्ने ।
पूँजी बृद्धिको समय सिमा थप गर्न पहल गर्ने ।
विगत देखि बाँकी रहेको मर्जर तथा एक्युजिसनको पूँजीगत लाभकरको विषयलाई सम्बोधन गर्न नेपाल सरकार अर्थमन्त्रालय मार्फत सम्बन्धित निकायहरुमा पहल गर्ने ।
नयाँ स्टक एक्सचेञ्ज आउने अवस्थामा सदस्य कम्पनीहरुको सेयर स्वामित्व कायम गर्न पहल गर्ने ।
शाखा रहित ब्रोकिङ्गया आधिकारीक प्रतिनिधी मार्फत सेयर कारोबार गर्न पाँउने व्यवस्था गर्न सम्बन्धित निकाय समक्ष पहल गर्ने ।
अक्सन वजारलाई सञ्चालनमा ल्याउन विशेष पहल तथा सहयोगी भूमिका निभाउने ।
मार्जिन ट्रेडिङ्ग को लागि श्रोतको व्यवस्थापन गर्ने विषयमा नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक सँग समन्वय गरि कार्यान्वयन गर्न लगाउने ।
एसोसियसन मातहतमा क्यापिटल मोर्कट ट्रेनिङ इन्ष्टिच्यूट स्थापना गरि सदस्य कम्पनीका कर्मचारीहरु तथा लगानीकर्ताहरुलाई तालिम दिने व्यवस्था गर्ने ।
सेयर कारोबारमा निहीत जोखिम कम गर्न आवश्यक प्रणाली ल्याउन पहल गर्ने,
ब्रोकर कम्पनीहरुलाई वित्तिय प्रोडक्टहरु विक्रि गर्न संस्थागत विक्रेताको रुपमा कार्य गर्न पाउने व्यवस्थाको लागि पहल गर्ने ।
ढकालका एजेण्डाहरु
पूँजी बजारमा अत्यावश्यक रहेका मार्जिन ट्रेडि इन्ट्रा डे तथा सर्ट सेलिङ्ग एवं इक्विटि डेरिभेटिभ आदिको विकास गरी सञ्चालन गर्न पहल गर्ने ।
धितोपत्र दलाल व्यवसायीलाइ लगानी व्यवस्थापन सेवा, लगानी एडभाइजरी सेवा मार्जिन लेण्डिङ सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न पाउने व्यवस्था गराउन आवश्यक कार्य गर्ने ।
हाल २ वटा मात्र डिम्याट खाता खोली शेयर कारोबार गर्न पाउने सम्बन्धी व्यवस्थाका कारण शेयर कारोबारमा जोखिम बढेको हुँदा यसलाई खुला गर्न पहल गर्ने ।
हाल धितोपत्र दलाल व्यवसायी कम्पनीहरुले नेपाल स्टक एक्सचेन्ज समक्ष बैंक ग्यारेन्टी राखी सोको २५ गुणा सम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा यस्तो सीमा ५० गुणा सम्म बनाउन पहल गर्ने ।
२० करोड पूँजी भएका धितोपत्र ब्रोकर्शहरुले मार्जिन लेण्डिंग तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने सम्बन्धी नियमावलीमा आवश्यक संशोधन गर्न पहल गर्ने ।
सञ्चालनमा रहेका धितोपत्र दलाल व्यावसायी कम्पनीका सेयरधनीहरुलाई आफ्नै संस्थाबाट सेयर खरिद बिक्री गर्न पहल गर्ने ।
खरिद गरी तोकिएको समय सीमाभित्र खरिद वापतको रकम भुक्तानी गर्न अटेर गर्ने ग्राहकहरुको सेयर बिक्री गरी राफसाफ गर्ने हालको व्यवस्थालाई संशोधन गरी सहज बनाउने ।
धितोपत्र दलाल व्यवसायी कम्पनीहरुबीच एक आपसमा मर्जर तथा प्राप्ति गर्न सकिने गरी कार्यविधिको विकास गरी लागू गर्ने ।
धितोपत्र दलाल व्यवसायीहरुको पूँजीवृद्धि सम्बन्धी व्यवस्था हाल २०८२ असार मसान्त सम्म रहेकोमा सो समयावधि कम्तीमा ६ महिना देखि १२ महिनासम्म थप गर्न पहल गर्ने ।
सेटलमेन्ट ग्यारेण्टि फण्डको सञ्चालनका लागि कार्यविधि संशोधन गरी सञ्चालनमा ल्याउन आवश्यक पहल गर्ने
धितोपत्र दलाल व्यवसायीहरुले आफैले धितोपत्र कारोबार प्रणालीको विकास गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन हालको नीतिगत व्यवस्थालाई संशोधन गर्न पहल गर्ने ।
प्रतिक्रिया