काठमाडौँ । नेपालको सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i एक हप्ताभित्र बिक्री भएको छ ।
नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एक मात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i ल्याएको एक हप्ताभित्र बिक्री गरेको हो ।
कम्पनीका अनुसार यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो । अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।
कम्पनीले जनाएअनुसार BMW X7 xDrive 40i को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ ।
यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ ।
प्रतिक्रिया