आशा लघुवित्तको साढे २ लाख कित्ता सेयर बिक्रीमा


आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ७५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा ल्याएको हो ।

यो पटकको लिलामीमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छैनन् । लगानीकर्ताले आज मंसिर २१ गतेदेखि ३५ दिन भित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बनेपा–१३, साँगा, काभ्रेपलाञ्चोकमा आवेदन दिनु पर्ने छ ।

प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार  १३ : ३२ बजे