बैङ्कमा पैसा हुँदा पनि अर्थतन्त्रले गति लिन सकेन : सभापति अर्थसमिति


काठमाडौँ ।  व्यवस्थापिका संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकहरुमा पैसा थुप्रिँदा पनि अर्थतन्त्रले गति लिन नसकेको बताएका छन् । बैङ्कको पैसा बजारमा आउन नसक्दा सेयर बजार,निर्माण, पूर्वाधार क्षेत्र चलायमान हुन नसकेको उनले बताएका हुन्।   

स्टक ब्रोकर एशोसिएसन अफ नेपालको ३० औ वार्षिक साधारणसभा बोल्दै चालिसेले अहिले सबै क्षेत्र सुस्त रहेको गुनासो आउने गरेको बताए । बजारलाई कसरी चलायमान बनाउने भन्ने चासोको विषय रहेको उनको भनाइ छ । 

अहिले समितिमा धितोपत्र ऐन सहित ५ वटा विद्येयक आएको जानकारी गराए । यसमा विज्ञहरूको सुझाव लिएर अघि बढ्ने बताए । सेयर बजारलाई सुरक्षित कारोबार गराउने गरि कानुन बनाउने, त्यसका लागि सरोकारवाला निकायको सुझाव लिने बताए । साथै उनले पुँजी बजारको विकास तथा विस्तारका लागि आफ्नो तर्फबाट पूर्ण समर्थन रहने उनले बताए ।

प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार  १४ : २३ बजे