एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।
बैंकले नागरिक लगानी कोषमा ५० हजार कित्ता र सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो।नागरिक लगानी कोषको संस्थापक शेयरको न्यूनतम मूल्य ७६३ रुपैयाँ तोकिएको छ भने सूर्योदय वोमीको २७७ रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले आज मंसिर २६ गतेदेखि पुस ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता शेयर अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाडौँ र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका तोकिएका जिल्ला कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया