महालक्ष्मी विकास बैंकले ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने


महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निणर्य गरेको हो ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

प्रकाशित मिति: १ पुस २०८१, सोमबार  ११ : ५४ बजे