बुधबार सुनको भाउमा गिरावट आएको छ । मंगलबार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६४४.०१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०।३९ डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया