कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो यस्तै, बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुनेछ।
प्रतिक्रिया