सूचीकरण शुल्क नबुझाएका २२ कम्पनी निलम्बनमा, सेयरधनीहरुले २२ वर्षदेखि लगानी उठाउन सकेनन्


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २२ कम्पनीहरूलाई निलम्बनमा राखेको छ । २२ कम्पनीहरु मध्ये एउटा होटल, १३ उत्पादनमूलक कम्पनी, पाँच फाइनान्स कम्पनी, दुई व्यापार कम्पनी र एउटा अन्य कम्पनी रहेका छन् ।

मर्जर सम्झौता र सूचीकरण शुल्क नबुझाएका उक्त कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले बताए । कहिले काहीँ सूचीकरण नियमावली अनुसार काम नगर्ने र शूल्क नबुझाउने कम्पनीहरुलाई स्पष्टिकरण सोधेर पनि नेप्सेले कारोबार रोक्का गर्ने गरेको छ ।

यो शुल्क ततिरेका कारण याक एण्ड यति, फिल्म डेभलपमेन्ट कम्पनीलगायतका शेयर कारोबार रोक्का राखिएका छन् । याक एण्ड यति होटलले पनि सूचीकरण शुल्क नबुझाएको उनले बताए ।

यस्तै, नेपाल फिल्म डेभलपमेन्ट कम्पनी भने टाट पल्टेको कम्पनी हो । टाट पल्टेर लगानी सबै डुबेपछि नेप्सेले कारोबार रोक्का राखिदिएको लामो समय भइसकेको छ ।
यस्तै, नेप्सेमा सूचिकृत भएका बुटवल स्पिनिङ मिल्स, श्री राम सुगर मिल्स, सम्झना फाइनान्स, नेपाल सेयर मार्केट, गोरखकाली रबर उद्योग लिमिटेड पनि नेप्सेले निलम्बनमा राखेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये १ अर्ब रुपैयाँसम्म पुँजी भएकाहरूले वार्षिक ५० हजार र त्योभन्दा माथि चुक्ता पुँजी भएका कम्पनीहरूले एक लाख रुपैयाँ तिर्नु पर्ने हुन्छ व्यवस्था रहेको छ तर, सो अनुरुप शुल्क नतिरेका कम्पनीलाई कारबाही स्वरुप निलम्बन गरिएको प्रवक्ता पराजुलीले बताए ।

सूचीकृरण नियमावली अनुसार वार्षिकरुपमा सूचीकरण शुल्क बुझाउनै पर्ने व्यवस्था रहेको प्रवक्ता पराजुली बताउछन् । श्रीराम सुगर मिल्सले २०७७, बुटवल स्पिनिङ मिल्स २०५९, याक एण्ड यति होटल २०६२, सम्झना फाइनान्स र नेपाल सेयर मार्केट २०६७ सालदेखि नै निलम्बनमा परेका छन् । जसले गर्दा उक्त कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ता समस्यामा परेका छन् । ती कम्पनीहरुले नविकरण शुल्क नबुझाइ सञ्चालन नआउने भन्दै प्रवक्ता पराजुलीले भने,“जसको ती कम्पनिमा सेयर थियो, उनीहरुले अहिले सेयर कारोबार नै गर्न नपाउने भएकोले सावाँ व्याज केही पनि लिन पाउँदैनन् ।” कतिपय २२ वर्षदेखि नै निलम्बनमा परेको भन्दै उनले ती कम्पनीमा लगानी गर्ने सेयरधनीको जिम्मेवारी आफुहरुले लिन नसक्ने बताए ।

प्रकाशित मिति: ७ पुस २०८१, आइतबार  ०८ : ३३ बजे