सिद्धार्थ बैंकद्वारा साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने


सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न र्बैकले सभा बोलाएको हो । बैंकले पुस २८ गते आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा साढे १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले एसबिएल ८.२५ प्रतिशत अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतीपश्चात जारी गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: ७ पुस २०८१, आइतबार  ०९ : ४५ बजे