सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो


काठमाडौँ । सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । शुक्रबार ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६२२।६६ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९।३६ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ पुस २०८१, आइतबार  १० : ५५ बजे