काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ।
बिगमार्टको, काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेट सञ्चालनमा छन्।
यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरूलाई १० प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्मको क्यास ब्याकको व्यवस्था गरेको छ। यो योजना एक वर्षसम्म लागू हुनेछ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।
प्रतिक्रिया