काठमाडौँ । सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको छ । बिहीबार ५०० रुपैयाँले बढेको सुन आज २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६६२.८१ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९.६२ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया