फोनेपे बिजनेस एपमा अन रिक्वेस्ट विदड्रअल सुविधा निःशुल्क


फोनेपे, नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले, व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन(रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ। यस सुविधाले व्यापारीहरूलाई कुनै पनि समयमा आफ्नो आवश्यकता अनुसार नगद निकाल्ने अवसर दिने विज्ञप्तिमा उल्लेख छ।

“अब, व्यापारीहरूले आफ्नो बैंक खाता मा नगद तुरुन्तै निकासी गर्न सक्नेछन्, र यसका लागि कुनै अतिरिक्त शुल्क वा विलम्बको सामना गर्नु पर्दैन,” विज्ञप्तिमा भनिएको छ । “फोनेपेले यो सुविधा ल्याउनुको उद्देश्य व्यापारीहरूको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिनु हो, जसले गर्दा उनीहरूको वित्तीय व्यवस्थापन अझ प्रभावकारी र सुविधाजनक हुनेछ । व्यापारीहरूले आपूर्ति कर्ताहरूलाई भुक्तानी गर्न, कर्मचारीहरूको तलव व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन् । यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध छ ।”

तत्काल नगद निकासीस् व्यापारीहरूले आफूले चाहेको समयमा आफ्नो फोनेपे बिजनेस एप प्रयोग गरी नगद तुरुन्त आफ्नो बैंक खातामा निकाल्न सक्नेछन् । यस सुविधाले नगदको प्रवाहलाई तत्काल र अनुकूलनीय बनाउँछ, जसले व्यापारीको दैनिक कार्यलाई सहज बनाउँछ।

स्वचालित निकासीस् यदि व्यापारीले आफ्नो नगद अन(रिक्वेस्ट विदड्रअल नगरेको खण्डमा, रकम स्वचालित रूपमा निर्धारित समय अनुसार बैंक खातामा स्थानान्तरण हुनेछ। यसले व्यापारीलाई आफ्नो नगद प्रवाहमा निरन्तरता र पारदर्शिता सुनिश्चित गर्न मद्दत पुर्याउँछ।

शुल्क बिना नगद निकासीस् व्यापारीहरूले अब कुनै अतिरिक्त शुल्क नलागी आफ्नो नगद तुरुन्तै निकाल्न सक्नेछन्, जसले व्यापारका खर्चहरू घटाउँछ र तिनीहरूको वित्तीय व्यवस्थापनलाई सजिलो र प्रभावकारी बनाउँछ ।

फोनेपे बिजनेस एपमा ुअन(रिक्वेस्ट विदड्रअलु सुविधा प्रयोग गर्न आफ्नो रजिस्टर्ड खाता प्रयोग गरेर लगइन गरी प्रोफाइल लोगोमा ट्याप गर्नुपर्ने हुन्छ । सो पश्चात अन्य विकल्पहरूमा गइ सेटलमेन्ट सेटिङ्समा गएर फन्ड सेटलमेन्टसँग सम्बन्धित विभिन्न विकल्पहरूमा “रिक्वेस्ट विदड्रअल” चयन गर्नुपर्ने हुन्छ ।

एक पटक यो सुविधा सक्रिय गरेपछि आवश्यक परेको जुनसुकै समयमा आफ्नो नगद ,कुनै अतिरिक्त शुल्क बिना नै तुरुन्तै आफ्नो बैंक खातामा निकासी गर्न सकिने फान पेले जनाएको छ ।

प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार  १३ : ३३ बजे