काठमाडौँ । अछामको पञ्चदेवल वडा नम्बर ७ कार्किया बस्ने विशाल विश्वकर्मा काठमाडौँ आउनुु पर्दा टिकट काट्न ४ घण्टा हिडेर विनायक जाने गर्दथे । विनायक पुगेर पनि काठमाडौँ आउने टिकट पाउने कुरामा विश्वस्त हुन नसकिने अवस्था थियो ।
यसरी टाढा भएको काउण्टर जाँदा पनि टिकट पाइएला कि नपाइएला भन्ने चिन्तामा रहने अछामेलीहरु आजभोली भने अनलाइनबाट टिकट काट्न थालेका छन् । जसले उनीहरुको टिकट काट्न जाँदा लाग्ने समय र खर्च दुवै बचत हुन थालेको छ ।
सडकको सुविधा नहुँदा टिकट काट्न घण्टौं हिँडेर बसको काउण्टरसम्म पुग्नुपर्ने बाध्यता खेपिरहेका अछामेलीहरुलाई बससेवाको अहिको अनलाइन टिकेटिङ प्लेटफर्मले सहज भएको विशाल बताउँछन् । बससेवाको अनलाइन सेवा ग्रामीण भेगका मानिसहरुका लागि उदाहरणीय सेवा भएको उनको बुझाई छ । बससेवाले सुरु गरेको अनलाइन टिकट प्रणालीको विस्तारले नेपालका दुरदराजका स्थानहरूमा बस सेवा र यातायातलाई एउटा नयाँ युगमा प्रवेश गराएको उनी बताउँछन् ।
“पहिले जब म काठमाडौँ आउनु पथ्र्यो, मलाई टिकट काट्नका लागि ४ घण्टा हिँडेर विनायक पुग्नुपर्ने हुन्थ्यो । त्यहाँ पुगेर पनि टिकट पाइन्छ कि पाइँदैन भन्नेमा धेरै नै चिन्ता रहन्थ्यो,” उनले भने, “तर अब भने अनलाइन टिकट प्रणालीले मेरो मात्र होइन दुरदराजका मानिसको समस्या नै हल भएको छ । मैले अब घरमै बसेर टिकट काट्न सक्छु । यसले मेरो समय र श्रम दुवै बचत भएको छ ।”
उपलब्ध स्रोत र साधनको उपयोग गर्न सके समृद्धि, विकास र सुविधाको लागि अन्त जानु नपर्ने उनको बुझाई छ । समयानुकुल रुपमा प्रविधिले दिएको सुविधाले दुरदराजका मानिसको जीवनयापनमा पनि सहजता आउन थालेको उनको बुझाइ छ ।
यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेशन बाट सजिलै टिकट काट्न सक्छन् । यति मात्र नभई साइबर, कम्युनिकेशन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ लगायत विभिन्न माध्यममार्फत पनि अनलाइन टिकट बुकिङ गर्न सकिने भएकोले यो प्रणाली झन्झटिलो नरहेको उनी बताउँछन् ।
उनले आफु मात्र नभई अछामबाट कोही काठमाडौँ आउँदै छ भने पनि आफैँले टिकट काटिदिने गरेको र यसले निकै सहज बनाएको बताए । दुरदराजका आम मानिसहरुसँग मोबाइल तथा इन्टरनेटको पहुँच भएपनि आवश्यक सेवा लिनबाछ केही मानिसहरुले अझै पनि बञ्चित छन् । इन्टरनेट र यसको उपयोगिताको चेतना कम हुँदा त्यस्ता व्यक्तिहरुलाई आफुले सघाउने गरेको बिशाल विश्वकर्मा बताउँछन् ।
“मैले यो प्रणालीको बारेमा थाहा पाउँदा ढुंगा खोज्दा देउता भेटिएको जस्तो लाग्यो,” हर्षित हुँदै सुजताले भनिन्, “अनलाइन टिकट प्रणालीको सुरुवातले काठमाडौँ जस्ता ठूला शहरका व्यस्त यात्रुहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ नै । दुरदराजका हामीलाई पनि धेरै सहज भएको छ ।”
विशाल मात्र होइन, कामको सिलसिलामा धुलिखेल बस्दै आएकी कैलाली लम्कीचुहाकी सुजता साउदलाई पनि बससेवाको सेवाले घर जान आउन सजिलो भएको छ । आफ्नो घर कैलाली लम्कीचुहा बताउने उनी टिकट काट्न गोगंबु नयाँ बसपार्क जाने गरेकी थिइन् । काठमाडौँको धुवाँ, धुलो, ट्राफिक जाम, सार्वजनिक सवारी साधनको कष्टकर यात्राले उनी दिक्दार भएकी थिइन् । तर, जब उनले समय अनुसारको आधुनिक प्रविधिमा आधारित बससेवाका बारेमा थाहा पाइन् उनलाई “ढुंगा खोज्दा देउता भेटेको” आभाष भएको छ ।
मोबाइल चलाई रहने उनी अनलाइनबाट नै टिकट काट्न अभ्यस्त भईसकेकी छिन् । “मैले यो प्रणालीको बारेमा थाहा पाउँदा ढुंगा खोज्दा देउता भेटिएको जस्तो लाग्यो,” हर्षित हुँदै सुजताले भनिन्, “अनलाइन टिकट प्रणालीको सुरुवातले काठमाडौँ जस्ता ठूला शहरका व्यस्त यात्रुहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ नै । दुरदराजका हामीलाई पनि धेरै सहज भएको छ ।”
विगतका दसैँ तिहार जस्ता ठूला चाडवर्पको बेलामा यो सुविधाको बारेमा थाहा नपाउँदा आफु्ले धेरै नै झन्झट बेहोर्नु परेको उनको भनाइ छ । “ बससेवाले चाडपर्वको बेला झन सजिलो बनाएको रहेछ । अब घरी–घरी टिकट काउन्टर जानु पर्ने तथा दिनभरी लाइन बस्नु पर्ने झन्झटको पनि अन्त्ये भएको छ । बसको जानकारी मोबाइलमा नै उपलब्ध हुन्छ र त्यसको टिकट पनि सहजै मिल्छ,” उनी थप्छिन्, “अहिले मलाई काठमाडौँको यातायातको कष्ट झेल्नु पर्दैन र मेरो समय पनि बचत भएको छ ।”
बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा क्यासव्याक अफर लागु गरेकोले पनि यसमा यात्रुको चाप बढ्न सक्ने उनको भनाइ छ । देशका जुनसुकै स्थानबाट काठमाडौँका लागि छुट्ने बसको टिकट पनि काट्न सकिने हुँदा समय समयमा चल्ने अफरले यात्रुहरू लाभान्वित हुने बससेवाको अपेक्षा छ ।
बससेवाले दिएको यो सुविधाले अब आम नागरिक ठगिने, दलालको फन्दामा पर्ने सम्भावना घटेको धनगडीबाट पोखरासम्म यात्रा गरेका विनोद पौडेल बताउँछन् । अब टिकट काउन्टरभन्दा पनि अनलाइन काउन्टरलाई नै प्राथमिकता दिनुपर्ने उनको तर्क छ । “अहिले सरकारले अनलाइनलाई प्राथमिकता दिन खोजेको देखिन्छ । यद्यपी त्यो प्रभावकारी छैन” उनी भन्छन् ।
बससेवाले दिएको विभिन्न किसिमका सुविधाका कारण अहिले सुन्दर सुदुरपश्चिम यातायातको रोजाइमा बससेवा परेको सुन्दर सुदुरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटा बताउँछन् । उनले भने, “अनलाइन टिकट प्रणालीको अर्को ठूलो लाभ भनेको पारदर्शिता हो । यात्रुहरूले आफूले बुक गरेको टिकटको पूर्ण विवरण अनलाइनमा हेर्न सक्छन्, जसमा बसको समय तालिका, चालकको नाम, र गन्तव्यको जानकारी समावेश हुन्छ । यसले यात्रुहरूमा विश्वासको वातावरण सिर्जना गरेको छ । त्यसैले बससेवा नै अहिलेको रोजाइमा परेको छ ।”
बससेवामा सुरक्षाको सुनिश्चितता भएकोले पनि यात्रुको रोजाइमा बससेवा परेको उनको दाबी छ । “दुर्गम स्थानहरूमा भनेको प्रायः ठूलो चुनौती भनेको यातायातका साधनको कमी हो,” उनले भने । तर अनलाइन टिकट सेवाले यस्ता समस्या केही हदसम्म समाधान गरेको उनको भनाइ छ । यात्रुहरूलाई बसको पहुँच नपाउने स्थानमा पनि अनलाइन माध्यमबाट बुकिङ गर्न सकिने भएकाले छिट्टै नै यसको सेवा व्यापक रुपमा फैलिने उनले बताए ।
सुदुरपश्चिमबाट दैनिक ४ वटा गाडीले सेवा दिएको बताउँदै उनले कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बाजुरा लगायतका पहाडी जिल्लाहरुबाट आफुहरुले सेवा दिँदै आएको बताए । बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा क्यासव्याक अफर लागु गरेकोले पनि यसमा यात्रुको चाप बढ्न सक्ने उनको भनाइ छ । देशका जुनसुकै स्थानबाट काठमाडौँका लागि छुट्ने बसको टिकट पनि काट्न सकिने हुँदा समय समयमा चल्ने अफरले यात्रुहरू लाभान्वित हुने बससेवाको अपेक्षा छ ।
बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म भएको र कतिपय चुनौती सामाना गरिरहे पनि यसलाई बिस्तारै जनमानसमा व्यापक रुपमा पुर्याउन आफुहरुले सघाउने पदम सापकोटा बताउँछन् । बस व्यवसायीहरुले पनि पुरानो सोचलाई बदलेर समयानुकुलका सेवाहरुमा आफु अभ्यस्त हुने र यात्रुहरुलाई त्यस्तै सेवा दिनुपर्ने उनी बताउँछन् ।
बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई सहज हुने बससेवाको विश्वास छ ।
सुविधा लिन योग्य नागरिकको लागि बससेवा बरदान बनेतापनि नेपालजस्तो विकासोन्मुख देशमा यसका धेरै चुनौतीहरु छन् । नेपालमा अनलाइन सेवाको बिस्तारमा धेरै चुनौतीहरु रहेको सम्बद्ध क्षेत्रका सरोकारवालाहरु बताउछँन । क्रमिक रुपमा त्यस्ता चुनौतीको न्यूनीकरण गर्दै जानुपर्ने उनीहरुको सुझाब छ ।
सबै स्थानमा डिजिटल पहुँच नभएको र सबै व्यक्तिहरू इन्टरनेटको पहुँचमा नरहेका कारण बससेवा जस्तै अनलाइन टिकेटिङ प्लेटफर्मको प्रयोग सबै नागरिकसम्म पुर्याउन असहज भइरहेको उनीहरुको तर्क छ । डिजिटल नेपालको अवधारणामा बहसहरु भइरहँदा आधारभुत सेवाका रुपमा रहेको यातायात सेवालाई राज्यले नै प्राथमिकताका साथ प्रविधिमैत्री बनाउनुपर्नेमा उनीहरु जोड दिन्छन् । अहिलेकै अवस्थामा भने ग्रामीण तथा दुरदराजमा बस्ने मानिसहरूलाई अजलाइनबाट टिकट काट्न कठिनाइ हुने गरेको उनीहरु बताउँछन् । इन्टरनेटको गुणस्तर कम हुनु, आफुलाई आवश्यक पर्ने सेवा सुविधा कसरी लिने भन्नेमा चेतनाको कमी लगायत कारणले समस्या हुने गरेको भन्दै यसमा राज्यले निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने उनीहरुको भनाइ छ ।
धेरै ठाउँहरूमा इन्टरनेटको कनेक्टिविटी कमजोर भएको र डिजिटल उपकरणको पहुँच कम भएको अवस्थालाई राज्यले गम्भीरताका साथ लिएर आम नागरिकको जीवनयापनलाई सहज बनाउनुपर्ने उनीहरुको भनाइ छ । शहर केन्द्रित प्रविधिमा आधारित सेवाहरुलाई दुरदराजसम्म पहुँच दिन सक्दा त्यसको उपयोगिता र प्रभावकारिता बढ्ने देखिन्छ ।
प्रतिक्रिया