५०० रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मंगलबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६४६.१६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३० डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २४ पुस २०८१, बुधबार  १० : ३३ बजे