बैंक, वित्त तथा अन्य वित्तीय संस्थाको कर्जा लगानी कुल गार्हस्थ उत्पादन भन्दा २५ प्रतिशत विन्दुले धेरै छ । केन्द्रीय बैंकका अनुसार २०८० असारसम्ममा वित्तीय क्षेत्रको कर्जा लगानी कुल गार्हस्थ उत्पादनको १२५.३ प्रतिशत हुन आएको हो ।
आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्त तथा अन्य वित्तीय संस्थाको कर्जा लगानी कुल गार्हस्थ उत्पादनको १२७.३ प्रतिशत थियो । यो अवधिमा बैंक, वित्त तथा अन्य वित्तिय संस्थाको आन्तरिक दाबी ६८ खर्ब ५० अर्ब ३० करोड रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा बढेर ७१ खर्ब ८६ अर्ब ५ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । समग्र वित्तीय क्षेत्रको यो दावी रकम पछिल्लो कुल ग्राहस्थ उत्पादन ५७ खर्ब ४ अर्बको १२५.३ प्रतिशत हो ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको कुल आन्तरिक दावी ३ खर्ब ३५ अर्ब ७५ करोड रुपैयाँले धेरै हो । यो रकम गत आर्थिक वर्षको वित्तीय क्षेत्रले प्रवाह गरेको कर्जा हो । गत आर्थिक वर्षको वित्तिय क्षेत्रले कर्जा लगानी बढाएको भएपनि कुल ग्राहस्थ उत्पादन नै ५३ खर्ब ८१ अर्बबाट बढेर ५७ खर्ब ४ अर्ब पुगेको छ । त्यसकारणले गर्दा पनि अघिल्लो आवको तुलनामा गत आवमा वित्तीय क्षेत्रको आन्तिरक दावी प्रतिशत घटेको देखिएको हो ।
फाइनान्सियल कर्पोरेसन सर्वेक्षणमा केन्द्रीय बैंक, निक्षेप सङ्कलन गर्ने बैंक तथा वित्तीय संस्थाहरू र गैर–बैंकिङ वित्तीय संस्थाको एकीकृत विवरण तयार गरिएको केन्द्रीय बैंकले जनाएको छ । वित्तीय क्षेत्र सर्वेक्षण भनेको मौद्रिक सर्वे र अन्य वित्तीय संस्था सर्वेक्षणको एकीकृत रुप हो ।
२०८१ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको मात्रै कर्जा लगानी कुल ग्रार्हस्थ उत्पादनको ८९.४५ प्रतिशत रहेको थियो । त्यसैगरी अन्य वित्तीय संस्थाको मात्र कर्जा लगानी कुल गार्हस्थ उत्पादनको ३५.८६ प्रतिशत रहेको थियो । २०८० असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको मात्रै कर्जा लगानी कुल गार्हस्थ उत्पादनको ९०.६५ प्रतिशत रहेको थियो । त्यसैगरी अन्य वित्तीय संस्थाको मात्र कर्जा लगानी कुल गार्हस्थ उत्पादनको ३४ प्रतिशत रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार कुल गार्हस्थ उत्पादनको तुलनामा वित्तीय क्षेत्रको नीजि क्षेत्र माथिको दावी १०६.४६ प्रतिशत रहेको छ भने तरल सम्पत्तिमा १०५.६६ प्रतिशत दावी रहेको सर्वेक्षणमा उल्लेख छ । त्यसैगरी वित्तीय क्षेत्रको डिमान्ड डिपोजिट कुल गार्हस्थ उत्पादनको तुलनामा ५.४५ र अन्य निक्षेप ९०.०४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २०८१ असार मसान्तमा १९ खर्ब ८२ अर्ब पुगेको छ । वित्तीय क्षेत्रको यस्तो सम्पत्ति २०८० असार मसान्तमा १४ खर्ब ४७ अर्ब रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । वित्तीय क्षेत्रको आन्तरिक दावी २०८१ असार मसान्तमा ७१ खर्ब ८६ अर्ब रहेको छ । २०८० असार मसान्तमा यस्तोदावी ६८ खर्ब ५० अर्ब ३० करोड थियो ।
वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दावी २०८० असार मसान्तमा १० खर्ब २३ अर्ब ९ करोड रहेकोमा २०८१ असार मसान्तमा १० खर्ब ६९ अर्ब पुगेको छ । वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०८० असार मसान्तमा ५७ खर्ब ९४ अर्ब ७६ करोड पुगेकोमा २०८१ असारसम्म आइपुग्दा यस्तो दावी बढेर ६० खर्ब ७३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा २०८० असार मसान्तमा ५ खर्ब ८ अर्ब ३७ करोड रुपैयाँ बराबका थिए । तर, चलनचल्तीमा रहेका मुद्रा २०८१ असार मसान्तसम्म आइपुग्दा बढेर ५ खर्ब ८० अर्ब बराबर पुगेको छ ।
त्यसैगरी अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा ५ अर्ब ५२ करोडले ऋणात्मक रहेको थियो । यस्तो सम्पत्ति गत आर्थिक वर्षमा बढेर ६ अर्ब ९६ करोड पुगेको छ ।
प्रतिक्रिया