काठमाडौं । आन्तरिक राजस्व विभागले करदाताहरुलाई पुस मसान्तसम्म कर विवरण बुझाउन निर्देशन दिएको छ ।
अन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न निर्देशन दिएको हो । विभागले सो विवरण अनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ता बापतको ४० प्रतिशतले हुने रकम २०८१ पौष मसान्तभित्रै दाखिला गर्न भनेको छ ।
‘आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आर्थिक वर्ष २०८१।८२ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने कर दाताहरूले दफा ९५ बमोजिम आर्थिक वर्ष २०८१।८२ को कारोबारको अनुमानित करको विवरण र तिर्नुपर्ने आयकरको ४० प्रतिशतले हुने रकम ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित कर दाता सेवा कार्यालयमा दाखिला गर्न अनुरोध छ’ जारी सूचनामा भनिएको छ ।
प्रतिक्रिया