एनआईसी एसिया बैंकले १ करोड २ हजार ८८५ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको नाममा रहेको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको नाममा रहेको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफ इन्योरेन्सको नाममा रहेको ८ लाख ८२५ कित्ता सेउर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाण्डौ र कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली काठमाण्डौ शाखा कार्यालयहरुः क्रमश विराटनगर–३, मोरङ, आदर्शनगर–वीरगंज, महेन्द्रपुल– पोखरा, श्रवणपथ–बुटवल, हस्पिटल लाइन–धनगढी र विरेन्द्रनगर–सुर्खेतबाट आवेदन दिन सक्ने छन् ।
सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको सेयर मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २५३ रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ ।
सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको बोलकवोल प्रकृयाबाट शेयर खरिद गर्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु सहभागी हुन सक्ने छैनन् । आवेदकको प्रवन्धपत्र, नियमावलीमा शेयर खरिद बिक्री गर्न सक्ने व्यवस्था रहेको हुनुपर्नेछ ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर खरिदका लागि प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताहरु सहभागी हुन सक्ने छन् ।
बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । शेयर खरिदको लागि न्यूनतम मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ ।
प्रतिक्रिया