रास्वपा सभापति रवि लामिछाने बिहीबार नै कास्कीमा हिरासत मुक्त हुने भएका हुन् । अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए लगत्तै धरौटी रकम जम्मा गरेर लामिछाने हिरासत मुक्त हुने भएका हुन् ।
रास्वपाको सूचना विभागका अनुसार बिहीबार नै लामिछानेले अदालतमा धरौटी रकम जम्मा गराएउने छन् । सो पश्चात कास्की प्रहरीको हिरासतबाट छुटेपछि लामिछाने काठमाण्डौं जिल्ला अदालतमा आफैं हाजिर हुने पार्टीको सूचना भिागले जानकारी दिएको छ । कास्कीमा हिरासतबाट छुटे लगत्तै काठमाण्डौं प्रहरीले पक्राउ गर्ने तयारी भईरहेको सन्दर्भमा लामिछाने आफैं अदालतमा उपस्थित हुने विभागले जनाएको हो ।
बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरोटीमा छोड्न आदेश दिएको थियो ।
सम्बन्धित खबर … सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न अदालतको आदेश, जोशीलाई भने ८८ लाख
प्रतिक्रिया