एनएमबि बैंकले २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहिबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आआफ्नो विचार व्यक्त गरेका थिए ।
बैंकले २०८१ असार मसान्तसम्ममा २ अर्ब २४ करोड रुपैंयाँ खुद नाफा कमाएको थियो भने २ खर्ब २७ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकले हाल देशभरीका २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया