सहकारी ठगी प्रकरणका प्रतिवादी रवि लामिछाने ६५ लाख रुपैयाँ धरौटी जम्मा गरेर छुटेका छन् । अदालतको आदेश अनुसार केही बेर अघि कास्कीमा लामिछाने हिरासतबाट छुटेका हुन् ।
अदालतबाट छुटेका लामिछाने बिहीबार पोखरामा बसेर शुक्रबार काठमाण्डौं आउने रास्वपाको सूचना विभागले जनाएको छ ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले पुर्व डिआईजी छवीलाल जोशीलाई पनि ८५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको जानकारी दिएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीहरु लामिछाने र जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने सहितका ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्की एक अर्ब ५१ करोड बिगो दावी माग गर्दै पुस ५ गते थप र पुस ७ गते पुरक अभियोजनपत्र दर्ता गरेको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको थियो ।
लामिछानेसहित पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविका सहयोगी लिला पछाईं, पूर्वसांसद मीना गुरुङ, मीनाका बाबु कृष्णबहादुर लगायत छन् ।
सम्बन्धित खबर … सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न अदालतको आदेश, जोशीलाई भने ८८ लाख
प्रतिक्रिया