काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंकले आज सोमबार काठमाडौँमा एक कर्यक्रम गरी १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले आ. ब. २०८०/८१ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनी महानुभावहरुलाई ४.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयर सहित कुल ७.०० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १७ औँ वार्षिक साधारण सभामा आ.ब. २०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेको थियो ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया