गरिमा विकास बैंकको अध्यक्षमा खाँड चयन, लाभांश वितरण गर्ने प्रस्ताव पारित


काठमाडौँ।  गरिमा विकास बैंकको १८औँ साधारणसभा सोमबार सम्पन्न भएको छ ।

सभाले आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरूको तर्फबाट दिलीपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठका साथै सर्वसाधारण शेयरधनीको तर्फबाट विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइराला सर्वसम्मतिबाट सञ्चालक समितिको सदस्यमा चयन गरेको छ ।

साधारणसभापश्चात् लगत्तै बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा दिलीपप्रताप खाँडलाई सर्वसम्मत मनोनीत गर्ने निर्णय गरेको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न उक्त साधारणसभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ । उस बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहित शेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत (करसहित)को नगद लाभांश दिन गरिएको प्रस्ताव पनि सर्वसम्मत रूपमा सभामा पारित भएको छ ।

प्रकाशित मिति: १ माघ २०८१, मंगलबार  ११ : ०२ बजे