मितेरी डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश साधारण सभाबाट अनुमोदन गरेको छ । सुनसरी उद्योग वाणिज्य संघ धरान, सुनसरीमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारण सभाले आ. व. २०८०।२०८१को मुनाफाबाट शेयर धनीलाई १०.००८३ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले हाल कायम चुक्ता पुँजीको ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस वितरण पश्चात बैकको चुक्ता पुँजी १ अर्व २१ करोड रुपैयाँ पुगेको छ ।
साथै साधारण सभाले ३ जिल्ला कार्यक्षेत्रबाट प्रदेश स्तरीय ‘ख’ वर्गको विकास बैकमा स्तरोन्नती हुने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अनन्त कुमार चापागाईले मंगलबार पदभार ग्रहण गरेका छन् । माघ १ गते मंगलबार बैकको केन्द्रिय कार्यलयमा आयोजित कार्यक्रममा संचालक समितिका अध्यक्ष किसन मास्के तथा अन्य संचालकहरुको उपस्थितिमा चापागाँइले पदभार ग्रहण गरेका हुन् ।
बैक संचालक समितिले चापागाँईलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पदभार ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत चापागाईले संस्थागत शुसासन र नियमाकिय प्रावधान भित्र रहेर संस्थालाई सवल, सक्षम र उदारहणीय बैंक बनाउने योजना रहेको बताए ।
बैकिङ्क र वित्तीय क्षेत्रमा दख्खल राख्ने चापागाँईको नेत्रृत्वमा मितेरी डेभलपमेन्ट बैंकले उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास बैंक संचालक समितिले लिएको छ ।
यस अघिका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीको कार्यकाल सकिएपछि रिक्त रहेको सो पदमा चापागाई नियुक्त भएका हुन् ।
प्रतिक्रिया