काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रमोसन गर्नका लागि देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताएका छन् ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्यालीमा सहभागी हुँदै घिसिङले यस्तो बताएका हुन् ।
नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको छ । यात्रुवाहक सवारी साधन विद्युतीयमा वृद्धि हुँदै जानु भनेको ठुलो परिवर्तन भएकोले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी र्यालीले अभियानलाई ठुलो सहयोग पुगेको उनले बताए ।
पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको तथ्याङ्क छ । विद्युतीय सवारी साधनको प्रोमोपन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने यसको लागि आवश्यक संरचनाहरू बनाउन जरुरी रहेको घिसिङले उल्लेख गरे । घिसिङले विद्युतीय चार्जिङ स्टेसनहरू मुलुकभर बनाउन जरुरी रहेको बताए । सरकारले निजी क्षेत्रले ठुलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सयभन्दा बढी चार्जिङ स्टेसन निजी क्षेत्रले मात्रै बनाएको उल्लेख गरे ।
प्रतिक्रिया