काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले पुस मसान्तसम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशत घटेर ५ अर्ब १८ करोड ६९ लाख रुपैयाँ सिमित भएको छ भन खुद फि तथा कमिशन आम्दानी ४७.७२ प्रतिशतले घटेर ६३ करोड २१ लाख रुपैयाँमा सिमित भएको छ ।
यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.०३ प्रतिशतले घटेर ६ अर्ब ५ करोड ३९ लाख रुपैयाँमा सिमित भएको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ पुगेको छ। इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको सञ्चालन मुनाफा ९०.४० प्रतिशतले घटेर ३४ करोड १९ लाख रुपैयाँमा सिमित भएको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५६ पैसा घटेर २ रुपैयाँ ३ पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८५.११ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया