उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वित्तीय प्रणालीको अधिक तरलतालाई उत्पादन रोजगार बढाउन परिचालन गर्नु पर्ने बताएका छन् । उनले बैंकहरुले पनि अधिक तरलतालाई उत्पादन र रोजगार वृद्धिका लागि परिचालन गर्ने तर्फ सोच्नु पर्ने बताएका हुन ।
राष्ट्रिय वाणिज्य बैंकको ६० औ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री पौडेलले दबाबमा रहेको अर्थतन्त्रका समस्यालाई पहिचान गरी त्यसको समाधान गर्दै अघि बढेको बताए । अर्थतन्त्रका समस्यालाई पहिचान गरी समाधान गर्न क्रममा सरकार सफलता भएको उनको दावी छ । अर्थतन्त्रमा अहिले देखिएका सुधारका सङ्केत मै रमाउने नभई आगामी दिनमा समेत थप समस्याहरूको पहिचान गरेर सम्बोधन गर्दै अघि बढ्ने उनको भनाइ छ ।
सरकारले विषेश गरी अर्थतन्त्रका समस्या प्रभावकारी ढङ्गबाट सम्बोधन र समाधान गर्ने गरी अघि बढिरहेको बताउँदै मन्त्री पौडेलले भने,“२९ वटा ऐन अध्यादेश मार्फत संशोधन गरिएको छ, ती अध्यादेशलाई ६० दिन भित्र अनुमोदन गरेर अर्थतन्त्रप्रति देखिएको निराशालाई आशामा बदल्नु पर्छ ।”
आम सर्वसाधारणको निराशालाई आशामा बदल्ने परिस्थिति निमार्ण गर्नका लागि ल्याएको बताउँदै उनले गुणस्तरीय सेवा प्रवाह र सुशासनका प्रगति गर्न अध्यादेश ल्याएको दावी गरे । साथै उनले विदेशी लगानी वृद्धि गर्न, उत्पादन संगै रोजगारी बढाउन पनि अध्यादेशहरू आवश्यक रहेको बताए । सरकार तिब्र गतिमा अघि बढ्न चाहेको समेत उनले बताए ।
राष्ट्रिय वाणिज्य बैंकले औसत उपलब्धीमा खुसी भएर बस्नु नहुने बताउँदै उनले भने,“एक्ट्र गर्नु पर्ने हुन्छ । अरु बैंक तथा विगतको उपलब्धीको तुलनामा थप सफलता र उपलब्धि हासिल गर्न तर्फ जोड दिनु पर्छ ।” बैंकहरुको माझमा राष्ट्रिय वाणिज्य बैंक अग्रणी बैंकको रुपमा अघि आउनु पर्ने उनको भनाइ छ ।
प्रतिक्रिया