काठमाडौँ । जापानी सरकारले आफ्नो मासिक आर्थिक प्रतिवेदनमा केही स्थिरताका सङ्केतहरूको बाबजुद अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको बताएको छ । मन्त्रिपरिषद् कार्यालयले उपभोगमा बिस्तारै सुधार हुँदै गएको जनाएको छ ।
यसैबीच, डिजिटल प्रविधि र सफ्टवेयरको प्रयोगसँगै पुँजी लगानीमा सुधार भइरहेको छ । रोजगारीको अवस्थाले पनि सुधारको सङ्केत देखाएको छ । यद्यपि श्रमिक अभाव भने कायमै छ ।
सरकारले संयुक्त राज्य अमेरिकामा बढ्दो मुद्रास्फीति र मध्य पूर्वमा भू–राजनीतिक तनावलगायत आर्थिक स्थिरताका सम्भावित जोखिमहरूमा सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया