फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.४१ प्रतिशतले घट्यो


काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४१ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशत घटेर ११ करोड १४ लाख रुपैयाँमा सिमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी ८६.२६ प्रतिशतले घटेर १६ लाख रुपैयाँमा खुम्चिएको छ।

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३१.७५ प्रतिशतले घटेर ११ करोड ३२ लाख रुपैयाँ र सञ्चालन मुनाफा ४३.३८ प्रतिशत घटेर ७ करोड ४७ लाखमा सिमित भएको छ। लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ९१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८३ पैसा रहेको छ।

पुस मसान्तसम्म लघुवित्तले ५ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ सापटिबाट ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसामा झरेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा रहेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।

चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ३४ करोड ६ लाख रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार  ०८ : ०५ बजे