उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आर्थिक सुधारका लागि गरेका पहलको नतिजा देखिन थालेको बताएका छन । उनले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताएका हुन ।
वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताउँदै उनले सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनको कथन छ । साथै उनले निर्माण व्यावसायीको भुक्तानी नरोकिने प्रष्ट पारे । साथै अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको समेत जानकारी दिए ।
प्रतिक्रिया