काठमाण्डौं । उच्च महिला अधिकारीलाई दुरब्यबहार गरेपछि सेवाबाट नै निष्कासीत भएका निर्देशक थानेश्वर आचार्यलाई नेपाल राष्ट्र बैंकले पुनरबहाली गरेको छ । केन्द्रीय बैंकले प्रशासकीय अदालतको आदेश अनुसार आचार्यलाई आइतबारदेखि सेवामा पुनः फिर्ता गरेको हो ।
अचार्यले केन्द्रीय बैंककै महिला उच्च अधिकारीलाई दुरव्यबहार गरेपछि केन्द्रीय बैंकले २०८० चैत ६ गतेदेखि लागु हुनेगरी बर्खास्त गरेको थियो । केन्द्रीय बैंक व्यवस्थापनले उनलाई सेवाबाट हटाएपछि आचार्य प्रशासकीय अदालत गएका थिए । अदालतले केन्द्रीय बैंकले प्रक्रिया पुरा नगरी बर्खास्त गरेको भन्दै सेवामा फर्काउन आदेश दिएको थियो ।
अदालतको आदेश अनुसार पुनः कारबाहीका लागि आइतबार हाजिर गराएको कन्द्रीय बैंक व्यवस्थापन विभागका एक अधिकारीले नोटबजारलाई जानकारी दिए । “अदालतले प्रक्रिया नपुगेको भनेपछि हाजिर गराएर पुन प्रक्रिया पुर्याई कारबाही गर्नका लागि हाजिर गराएइको हो,” ती अधिकारीले भने, “प्रक्रिया पुरा गरी कारबाही गर्ने निर्णय भै नसकेको भएपनि हाजिर गराएपछि त्यो प्रक्रिया अघि बढ्छ ।” अब उनलाई गभर्नर कार्यलयको अधिकारिक लेटर प्याडमार्फत कारबाही प्रक्रिया सुरु हुनेछ ।
आचार्यले २०८० पुस २७ गते केन्द्रीय बैंकका उच्च अधिकारीको स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा उच्च महिला अधिकारीमाथि दुव्र्यवहार गरेका थिए । यो घट्नाभन्दा अघि पछि आचार्यले पटक पटक अनुशासनहीन कार्य गरेकोमा कारबाहीमा परेका थिए ।
पिडितले आचार्यलाई कारबाहीको माग मात्र नभई संरक्षण गर्ने उच्च अधिकारीहरुलाई पनि कारबाही हुनुपर्ने भन्दै केन्द्रीय बैंक मानव संशाधन विभाग, गभर्नर तथा सञ्चालक समितिमा समेत लिखित उजुरी दिएपछि आचार्यलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको थियो । केन्द्रीय बैंकको मानव संशाधन विभागले केन्द्रीय बैंकको कर्मचारी विनियमावली अनुसार मानव संसाधान विभागको जाँचबुझ समितिले आवश्यक अध्ययन तथा प्रमाण संकलन गरेर पुष्टि भएसँगै कारबाही गरेको थियो ।
विभागले आचार्यलाई प्रष्टिकरण पेस गर्ने समय समेत प्रदान गरी पद मुक्त गरेको थियो । केन्द्रीय बैंकको कर्मचारी विनियमावली २०६८ अनुसार गभर्नरस्तरीय निर्णयबाट पदमुक्त भएका आचार्य प्रशासकीय अदालत पुगेको थिए । अदालतले केन्द्रीय बैंकले प्रक्रिया पुरा नगरी उनलाई सेवाबाट हटाएको भन्दै प्रक्रिया पुरा गर्न आदेश सहितको फैसला गरेको थियो । सोही अनुसार आचार्यले पुनः केन्द्रीय बैंकमा प्रवेश पाएका हुन् ।
प्रतिक्रिया