सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौँ । बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । बुधबार १४ सय रुपैयाँले घटेको सुन बिहीबार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७६१.०७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.८७ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १७ माघ २०८१, बिहीबार  ११ : ०७ बजे