निरन्तर घट्दै काठमाडौंको तापक्रम


काठमाडौं । केही दिन यता काठमाडौँको तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ ।

हिजो (बिहीबार) बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको थियो । बुधबार सोही समयमा काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो ।

आज देशभर आज मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो कोसी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी क्षेत्रमा मौसम सफा रहनेछ ।

प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार  ०८ : ०५ बजे