काठमाडौँ । दियालो टेक्लोलोजिजले आन्तरिक रुपमा खानेपानीसँग सम्बद्ध प्रविधिहरुको उत्पादन तथा परिक्षण कार्य गरिरहेको छ ।
दिगो विकास लक्ष्य “सबैलाई सुरक्षित खानेपानी तथा सरसफाइ” प्राप्तिमा खानेपानी प्रणालीलाई स्वचालित सेवामा स्तोन्नति गरी सेवा प्रदान गर्न दियालोले प्रविधिको सहायताले खानेपानीको परिक्षण गरेको हो ।
दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले आफूले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने छन् । स्मार्ट वाटर प्रविधि अन्तरगत रहेको एक सेन्सर मार्फत उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने कम्पनीले जनाएको छ ।
वेवसाइड र मोवाइल एपबाट नेपाल सरकार खानेपानी मन्त्रालयबाट जारी भएको खानेपानी गुणस्तर मापदण्ड अनुरुपको खानेपानी वितरण भए नभएको अनुगमन गर्नुका साथै सम्बद्ध तथ्याङ्क अभिलेखन तथा विश्लेषण गर्न सकिन्छ ।
यस्तै, राष्ट्रिय मापदण्ड बमोजिम दैनिक, मासिक तथा वार्षिक रूपमा परीक्षण गराउनुपर्ने पानीको गुणस्तर परीक्षण गराए नगराएको, विभिन्न समयमा खानेपानी गुणस्तरमा देखिएको समस्याको प्रतिवेदन प्राप्त गरी गुणस्तर अनुगमन तथा सुधारात्मक कार्यका लागि आवश्यक तथ्यांकसहित कार्ययोजना तयार गर्न पनि यो प्रविधिले सहयोग गर्ने छ ।
दियालोले उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङ मोवाइल एप, बिलिङदेखि जिन्सी व्यवस्थापन, एस एमएस प्रणाली, अनलाइन पेमेन्टदेखि पानीको गुणस्तर मापनसम्मका १२ वटा प्रणालीहरुको विकास गरेको जनाएको छ । जसमा खानेपानीको गुणस्तर मात्र नभइ खानेपानीको स्रोतदेखि उपभोक्ताका घरका धारासम्मलाई स्मार्ट बनाएको छ ।
स्मार्ट मिटरिङको प्रयोगबाट खानेपानी उपभोगको स्वचालित मिटर रिडिङ्ग गर्न तथा मिटर रिडिङ्गमा लाग्ने खर्च नियन्त्रण गर्न सकिन्छ । यस्तै, यसको प्रयोगबाट खानेपानी महशुल नतिर्ने ग्राहकको धारा स्वचालित रूपमा काटी बक्यौता उठाउन तथा खानेपानीको वित्तीय अवस्था सबलीकरण गर्न सहयोग पुग्नुका साथै खानेपानी महशुल नतिर्ने ग्राहकले बाँकी महशुल भुक्तानी गरेपछि काटिएको धारा स्वचालित रूपमा पुर्नजडान हुन्छ ।
उता, पानी उपभोगको यथार्थ तथ्यांक प्राप्त गरी पानी चुहावटको जानकारी प्राप्त गर्न तथा चुहावट भएको स्थान पहिचान गर्न सहज हुने हुँदा स्मार्ट मिटरिङ अहिले आवश्यकता भएको कम्पनीले जनाएको छ ।
दियालो टेक्नोलोजिज सन् २०१२ मा (करिब १३ वर्ष अगाडी)स्थापना भई निरन्तर रुपमा डिजिलाइजेसन तथा आइ ओ टी को विकास तथा प्रयोग मार्फत सामाजिक विकासका लागि केन्द्रित निजि क्षेत्रको एक अग्रणी सफ्टवेयर हो ।
प्रतिक्रिया