नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, कस्तो छ अन्य वित्तिय अवस्था ?


काठमाडौँ ।  नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा वृद्धि भएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १२.२६ प्रतिशतले बढेर २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १४.३५ प्रतिशतले बढेर ३३ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १५.९४ प्रतिशतले बढेर २८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च १५.१० प्रतिशतले बढेर २८ अर्ब ५४ करोड रुपैयाँ पुगेको को छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९९ पैसा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७०.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको छ।

चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ रहेको छ । यस्तै रिटेन्ड अर्निङ्गमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ रहेको इन्स्योरेन्सकोअन्य इक्विटीमा ७८ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ।

प्रकाशित मिति: २७ माघ २०८१, आइतबार  ०७ : ३६ बजे