सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोेषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुनेनेछ।

प्रकाशित मिति: ९ फागुन २०८१, शुक्रबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।