बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त


काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले ओझालाई नियुक्त गरेको हो ।

यसअघि सोमबार नै प्राधिकरणको अध्यक्ष छनोटमा लागि गठित सिफारिस समितिले ओझासहित तीन जनाको नाम सिफारिस गरेर पठाएको थियो । त्यसरी सिफारिस हुनेहरुमा नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी र दामोदर बसौला थिए ।

पत्रकारिता र कानुन व्यवसाय पृष्ठभूमिका ओझासँग कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव छ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका ओझाले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञको रुपमा काम गरेका छन्।

प्रकाशित मिति: १३ फागुन २०८१, मंगलबार  ११ : ५९ बजे