काठमाडौँ । एनआईशी एसिया बैंकले १४ लाख ४६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट र सूर्यज्योती लाइफ इन्योरेन्सको नाममा रहेको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको नाममा रहेको ५९ हजार ६० कित्ता, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १० लाख कित्ता, जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता गरी कूल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त लिलामीमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर खरिदका लागि प्रचलित कानून बमोजिम योग्य बमोजिम लगानीकर्ताहरु सहभागी हुन सक्ने छन् ।
लगानीकर्ताहरुले आजदेखि चैत १० गतेसम्म एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाण्डौ, र कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौ शाखा कार्यालयहरुः क्रमश विराटनगर–३, मोरङ्ग (२) आदर्शनगर, वीरगंज (३) महेन्द्रपुल, पोखरा (४) श्रवणपथ, बुटवल (५) हस्पिटल लाइन, धनगढी र (६) विरेन्द्रनगर, सुर्खेतबाट आवेदन दिन सक्ने छन् । शेयर खरिदको लागि न्यूनतम मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुने बैंकले जनाएको छ ।
सबैभन्दा बढी मुल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मुल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ। प्राप्त बोलपत्रहरु कुनै कारण खुलाई वा नखुलाई पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कर्ता बैंक र सम्बन्धित कम्पनीमा निहित रहने छ ।
प्रतिक्रिया