रियलमी सी७५ नेपाली बजारमा आउँदै, यस्तो छ फिचर


काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ‘रियलमी सी७५’ ल्याउने भएको छ । किफायती मूल्यमा उच्च प्रविधि र कार्यक्षमता सहितको फोन चाहने उपभोक्तालाई लक्षित गर्दै कम्पनीले चाँडै नै यो मोडेल भित्र्याउन लागेको हो ।

आईपी ६९ रेटेड वाटर एन्ड डस्ट रेजिस्ट्यान्स तथा ३६० डिग्री सक रेजिस्ट्यान्स फिचर रहेकाले यो फोनले जस्तोसुकै परिस्थितिमा पनि काम गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार २ मिटर गहिराइमा २४ घण्टासम्म पानीमा डुब्न सक्ने क्षमता यस फोनमा छ ।

“आर्मसेल ग्लास, उच्च स्तरको पानी प्रतिरोधी प्रविधि, एआईमा आधारित फिचरहरूका साथमा रियलमीसी७५ ले स्मार्टफोनको परिभाषा नै बदल्नेछ,” कम्पनीले दाबी गरेको छ ।

६००० एमएएच क्षमता रहेको ब्याट्रीका लागि ४५ वाट फास्ट चार्जिर उपलब्ध गराइने छ । ९० हर्जको रिफ्रेस रेटसहित ६।७२ इन्चको फुल एचडी डिस्प्ले हुने फोनले नेपाली उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: ६ चैत २०८१, बुधबार  ०८ : ०६ बजे