सुनको मूल्यमा बुधबार पनि नयाँ रेकर्ड, अझै केही दिन रेकर्ड कायम गर्ने


काठमाडौँ । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार रेकर्ड बनाएको सुनले बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो ।

सुनको मूल्यले अझै केही दिन रेकर्ड बनाउने महासंघका अध्यक्ष मणिकरत्क शाक्यले बताए । विश्वको समग्र अर्थतन्त्र धरापमा परेकोले सुनमा लगानीकर्ताको आकर्षण बढेको उनको भनाइ छ ।

अहिले विश्वमा नै सुनको अभाव रहेको भन्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीति, विश्व युद्ध लगायत मुख्य कारण भएको बताए ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो  । त्यसैगरी, आज एक तोला चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तरराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३६ .१२ अमेरिकी डलर र चाँदी ३३.९७ डलरमा कारोबार भइरहेको छ ।  अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन तीन हजार ११ .९५ अमेरिकी डलर र चाँदी ३३.९ डलरमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ६ चैत २०८१, बुधबार  ११ : २२ बजे