सानिमा बैंकद्वारा ‘ग्लोबल मनि विक २०२५’मा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमाण्डौ । सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १० गतेसम्म ‘ग्लोबल मनि वीक २०२५’ अभियानअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा रहेका बैंक शाखाहरु मार्फत विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरुमार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ एटीएम सञ्जालहरु सञ्चालनमा छन् ।

प्रकाशित मिति: ११ चैत २०८१, सोमबार  ०८ : ०९ बजे