सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा


सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयरको न्यूनतम बिक्री मूल्य १०० रुपैयाँ तोकिएको छ ।

यो पटक आम सर्वसाधारणले पनि आवेदन दिन पाउने छन् । बैंकले यसअघि सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिई आवेदन खुला गरेको थियो । संस्थापक सेयरधनीबाट ३५ दिनमा आवेदन नआएको भन्दै बैंकले उक्त सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।

उक्त संस्थापक सेयरको लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेस गर्न सक्ने छन् ।

प्रकाशित मिति: ११ चैत २०८१, सोमबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।