काठमाडौं । ग्लोबल मनी वीक २०२५ सफल पार्ने उद्देश्यले देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गरेको राष्ट्रिय वाणिज्य बैंकले १० हजारभन्दा बढी लाभान्वित भएको जनाएको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकले सञ्चालन गरेको कार्यक्रमबाट १० हजार ३ सय ९२ विद्यार्थीहरु लाभांवित भएको जनाएको हो ।
हरेक वर्ष अन्तराष्ट्रिय रुपमा मार्च महिनामा तेस्रो हप्ता मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म ‘थिंक विफोर यु फ्लो, वीज मनी टुमरो’ भन्ने नारासहित सञ्चालन भएको थियो ।
बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ ।
अभियान अन्तर्गत बैंकिसँग कारोबार गर्दा हुने फाइदाहरु, डिजिटल बैंकिङ्ग, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरिएको बैंकको भनाई छ ।
प्रतिक्रिया