काठमाडौं । नबिल बैंकले फोन लोन उपभोग गरी समयमै चूक्ता नगर्ने ऋणीहरुको नाममा ३५ दिने सुचना जारी गरेको छ ।
फोनलोन लिएर तोकिएको भाका अवधि भित्र बझाउनु पर्ने सावाँ, ब्याज नबुझाउनेहरुलाई तत्काल कर्जा चुक्ता गर्न भनेको हो । बैंकको नीति नियम बमोजिम लाग्ने हर्जना अन्य दस्तुर नबुझाएका ऋणीहरुको नाममा सुचना जारी गरेको बैंकले पटक पटक मौखिक एवम् लिखित ताकेता गर्दा पनि बैकको सम्पर्कमा नआएको जनाएको छ ।
३५ दिनभित्र रकम चुक्ता नगरेमा कानुन अनुसार ऋणीहरुको नाम र परिचयपत्र कालोसुचीमा राखिने बैंकले जनाएको छ । सो पश्चात कर्जा असुली सम्बद्ध अन्य आवश्यक कानुनी कारबाही गरी बैकले कर्जा असुल गर्ने सूचनामा उल्लेख छ ।
बैंकले फोनलोनको कर्जा नबुझाउने ६५ जनाको तिन पुस्ते विबरण सहितको ३५ दिने सुचना निकालेको हो ।
प्रतिक्रिया